
टीकापुरको सिँचाइ कुलोमा डुबेर एक बालकको मृत्यु
कैलाली- कैलालीको टीकापुरमा सिँचाइ कुलोमा डुबेर एक बालकको शुक्रवार मृत्यु भएको छ ।
टीकापुर नगरपालिका-३ शंकरपुरको जमरा सिँचाइ कुलोमा डुबेर सोही ठाउँ बस्ने १३ वर्षीय बालक सिद्दान्त बि.कको मृत्यु भएको भएको हो ।
ईलाका प्रहरी कार्यालय टिकापुरबाट प्रहरी टोली खटिई बालकलाई सिँचाइ कुलोमा मृत अवस्थामा फेला पारेको बताएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।



कागजपत्र |
