बालुवाटारमा मन्त्रिपरिषदको बैठक बस्दै


काठमाडौं – आईतबार प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषदको बैठक बस्दैछ।  प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा उक्त बैठक बस्न लागेको हो ।

मन्त्रिपरिषदको नियमित बैठक सोमवार र मंगलवार बस्ने तय भएको भए पनि आज आइतवार नै बस्न लागेको उर्जा, जलश्रोत तथा सिचाई मन्त्री टोपबहादुर रायमाझीले जानकारी दिए।

मन्त्री रायमाझीले मन्त्रिपरिषदको नियमित बैठक बस्न लागेको दाबी गर्दै नियमित एजेण्डामाथि छलफल हुने उनले बताए ।

यस्तै, कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्मा अर्यालले बैठक बस्न लागेको भए पनि आफूलाई बैठकका एजेण्डाबारे थाहा नभएको बताइन् ।

सत्तारुढ दल नेकपा एमालेमा विवाद चर्किएका बेला मन्त्रिपरिषको बैठक बस्न लागेको हो।

राजनीतिक रुपमा प्रधानमन्त्री ओलीका निर्णयहरु अप्रत्यासित रुपमा आउने क्रम बढेकाले पनि मन्त्रिपरिषद बैठकमाथि सबैको चासो छ।

प्रतिक्रिया