

माधव नेपाललाई भेट्न कोटेश्वर पुगे प्रचण्ड, छलफल जारी

काठमाडौं -नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ एमाले वरिष्ठ नेता माधवकुमार नेपाल निवास कोटेश्वर पुगेका छन् ।
माओवादी केन्द्रको केन्द्रीय समिति बैठकलगत्तै अध्यक्ष प्रचण्ड नेता नेपाललाई भेट्न कोटेश्वरस्थित उनको निवासमा पुगेका हुन् ।
नेताहरुबीच समसामयिक राजनीतिक परिस्थितिका साथै अब कसरी अगाडि बढ्ने भन्नेमा छलफल भइरहेको बताइएको छ ।

