नेपालकी श्रेया फोर्ब्सको प्रभावशाली व्यक्तिको सूचीमा


काठमाडौं- डिजिटल प्लेटफर्म ह्याप्पी माइन्ड्सकी संस्थापक श्रेया गिरी फोर्ब्स म्यागेजिनको ३० वर्ष मुनिका ३० जनाको सूचीमा एसियाबाट छनौट भएकी छन् ।

फोर्ब्स म्यागेजिनले बिहीबार सार्वजनिक गरेको सूचीमा ‘सोसल इम्प्याक्ट’ विधामा २८ वर्षीया गिरी सन् २०२४ को एसियाका प्रभावशाली युवाको सूचीमा परेकी हुन् ।

गिरी मानसिक स्वास्थ्य सम्बन्धी डिजिटल प्लेटफर्म ह्याप्पी माइन्ड्सकी संस्थापक हुन् ।

लण्डनमा स्नातकोत्तर अध्ययन गरिरहँदा कोभिड महाव्याधी सुरु भयो । यहीक्रममा उनले मानसिक स्वास्थ्य समस्या व्यहोरिन् ।

‘ह्याप्पी माइन्ड्स’  भौतिक उपस्थितिका साथै अनलाइनबाट पनि मानसिक स्वास्थ्य परामर्श दिने प्लेटफर्म हो । संस्थाले विश्वका जुनसुकै स्थानमा रहेका नेपालीलाई सेवा दिइरहेकाे छ ।

प्रतिक्रिया