

ओलीलाई शेखरको जवाफ : राजासँग त कांग्रेसले डराएन, राजनीतिक दलको धम्कीमा हामी डराउँदैनौँ

काठमाडौं- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कुनै राजनीतिक दलको धम्कीले नडराउने बताएका छन् ।
बिहीवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले कुनैपनि राजनीतिक दलले कांग्रेसलाई धम्क्याउन नसक्ने बताएका हुन् । उनले भने, ‘पानी, मकै बेचेर सहकारीमा राखेको पैसा हिनामिना भएपछि जनता सडकमा आए, कांग्रेसले सदनमा राखेको हो । कुनै पनि राजनीतिक दलबाट नेपाली कांग्रेसलाई जुन धम्कीको भाषा आइरहेको छ, राजाको धम्की नेपाली कांग्रेसले डराएन भने कुनै राजनीतिक दलको धम्कीमा हामी डराउँदैनौँ ।’
बुधवार एक कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमालेप्रति आरोप लगाउँदा हेक्का राख्न भन्दै कांग्रेसलक्षित चेतावनी दिएका थिए ।

