

उपेन्द्र यादवले राजीनामा नदिएको भए गलहत्याएर निकालिन्थ्यो : माधव नेपाल

काठमाडौं- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले जसपा नेपाललाई विभाजन गरेर अध्यक्ष उपेन्द्र यादवलाई सत्ता समीकरणले चाहिँदासम्म मात्रै उपयोग गरेको आरोप लगाएका छन् । ललितपुरको बालकुमारीमा मंगलबारबाट शुरु भएको पार्टीको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
‘तपाईँलाई उपेन्द्रले आफैँ राजीनामा दिएर अलग भएको हो कि भन्ने लाग्ला । होइन । निकालियो। मुन्ट्याउने काम मात्रै भएन’, उनले भने, ‘यदि उपेन्द्र यादवले राजीनामा नदिएको भए गलहत्त्याएर निकालिन्थ्यो । हिजो काम छँदाको भाँडो, काम सकिएपछि ठाँडो भनेजस्तै उपेन्द्र यादवको अवस्था देखिरहेका छौँ ।’
अध्यक्ष नेपालले नेकपासमाजवादी पनि विभाजन गर्न लागेको चर्चाले आफूहरू आत्तिएको सुनाएका छन् ।

