

अब सर्वोच्च अदालतमा अनलाइनबाटै रिट दर्ता गर्न पाइने

काठमाडौं- अब सर्वोच्च अदालतमा अनलाइनबाटै रिट निवेदन दर्ता गर्न पाइने भएकाे छ ।
मंगलबारदेखि सर्वोच्चले अनलाइन माध्यमबाटै पनि निवेदन दर्ता गर्ने सुविधा दिन लागेको हो । यसअघि कानुन व्यवसायी र सरोकारवालाले अदालतमै गएर निवेदन दर्ता गर्नुपर्ने व्यवस्था थियाे ।
सर्वोच्च अदालतका रजिष्टार विमल पौडेलका अनुसार मंगलबार दुई सफ्टवेयरमार्फत अनलाइनबाट रिट दर्ता सुरु भएको छ । तत्कालका लागि अनलाइनबाट रिट दर्ता भएपछि अरु कागजात भौतिक रुपमा मागिने बताइएकाे छ ।
यो व्यवस्थाले काठमाडौं बाहिरका सेवाग्राहीलाई सहज हुने विश्वास लिइएकाे छ ।

