श्रीमानले कुरकुरे नकिनिदिएको भन्दै रिसाइन् श्रीमती, माइत गएर प्रहरीमा उजुरी


काठमाडाैं- भारतको उत्तर प्रदेशको आगरामा ५ रुपैयाँको कुरकुरेको प्याकेट नपाएपछि श्रीमती आक्रोशित भएको घटना सार्वजनिक भएको छ । उनी यति रिसाइन् कि माइत गएर श्रीमानविरुद्ध प्रहरीमा उजुरी नै दिएकी छन् ।

हाल प्रहरीले यो उजुरी पारिवारिक परामर्श केन्द्रमा पठाएको छ । परिवार परामर्श केन्द्रमा श्रीमान–श्रीमतीको काउन्सिलिङ गरिएको थियो । दुवैलाई अर्को मिति दिइएको छ । आपसमा शान्ति कायम गर्न सल्लाह पनि दिइएको छ ।

श्रीमानका अनुसार श्रीमतीले दिनहुँ कुरकुरे माग्ने गरेकी थिइन् । शाहगञ्ज थाना इलाका निवासी ती युवतीकोे बिहे सदर थाना क्षेत्रका एक युवकसँग भएको थियो । दुवैको विवाह हिन्दु रिवाज अनुसार २०२३ मा भएको थियो ।

बिहेपछि दुवैजना खुसीसाथ बाँचिरहेका थिए । तर मेरी श्रीमतीकाे अत्यधिक कुरकुरे खाने बानीले अहिले दुवैबीच विवाद भएको छ ।

प्रतिक्रिया