

इटहरीका ध्रुव पुगे क्यालिफोर्नियाको ‘फेवरेट सेफ कम्पिटिसन’को टप-५ मा

क्यालिफोर्निया – नेपालका ध्रुव थापा क्यालिफोर्नियामा आयोजना गर्न लागिएको फेवरेट सेफ कम्पिटिसनमा आप्mनो समूहबाट टप ५ मा पुगेका छन् ।
फेबरेट सेफ प्रतियोगिताले आफ्नो वेबसाईट मार्फत हालै विश्व ब्यापी रुपमा चल्दै गरेको पहिलो चरणको ग्रुप समुहबाट टप ५ बिजेताको घोषणा सार्बजनिक गरेको छ। अनलाइन भोटिंग मार्फत चलिरहेको “वर्ल्ड फेवरेट सेफ कम्पिटिसन २०२१” को ग्रुप समूह अब अन्तिम चरणमा आइपुगेको छ। पहिलो चरणको यस प्रतियोगितालाई विभिन्न समुहमा विभाजित गरेर हरेक समुहबाट एकजना उत्कृस्ट फेबरेट सेफको छनौट अनलाइन भोटिंग मार्फत फेब्रुवरी १६ देखि हुदै आएको छ। सो प्रतियोगितामा क्यालिफोर्नियाका ध्रुव थापाको नेपाली मौलिक परिकारलाई प्रबर्धन गर्ने उदेश्यले सहभागिता रहेको छ।
आफ्नो ग्रुप समुहबाट अन्तिम चरणमा आई पुगेका सन् फ्रान्सिस्को बे एरियाका ध्रुव आफ्नो समुहमा अत्यधिक मत ल्याएर टप ५ मा छनौट हुन सफल भएका छन्। उक्त प्रतियोगिताको ग्रुप समुहको टप ५ को नतिजा मार्च ११, ६ बजे आफ्नो वेबसाइट मार्फत सार्बजनिक गरिएको हो ।
थापा सन् फ्रान्सिस्को बे एरियामा लामो समयदेखि हिमालयन, नेपाली र भारतीय रेस्टुरेन्ट व्यवसाय गर्दै सामाजिक, साहित्यिक र पत्रकारिता मार्फत नेपाली कला साहित्य, संस्कृति र नेपाली पारम्पारिक परिकारलाई अन्तरास्ट्रिय स्तरमा प्रचार प्रसार गर्दै आएका छन्। थापाका नेपाली र अंग्रेजी गरेर दुईवटा कविता संग्रह र एउटा कुक बुक समेत अंग्रेजी भाषामा प्रकाशित छ। नेपालमा इटहरी स्थित त्रिभुवन विश्वबिद्यालय अन्तर्गतको “जनता बहुमुखी क्याम्पस”मा ७ बर्ष सम्म प्राध्यापन गरेका थापा, सन् फ्रान्सिस्को बर्क्ली सहरमा स्थानीय एक संस्थामार्फत कुकिङ्ग कक्षा समेत चलाई सकेका छन्। थापाले बर्क्ली स्थित धर्म कलेजले आयोजना गरेको २०१८ र २०१९ मा अन्तरास्ट्रिय स्तरको सप्ताह ब्यापी रिट्रिटमा समेत सुद्ध साकाहारी नेपाली, तिब्बतियन र भारतीय परिकारहरु बनाएर सेवा पुर्याएका छन्।
थापा बिसेष गरेर नेपाली भाषा, साहित्य र चाड पर्व संग जोडिएका नेपाली मौलिक परिकारहरु यस प्रतियोगिता मार्फत चिनाउन चाहन्छन , नेपाली परम्परा, कला साहित्य जस्तै नेपाली मौलिक परिकार हाम्रो पहिचान हो र यसलाई देस वा बिदेसमा हुर्केका नया पिडीलाई परिचित गराउन र यसको संरक्षणको लागि प्रोत्साहन गराउन चाहेको उनले अमेरिकाबाट संचालित “रेडियो जिन्दगी” र “रेडियो नेपाल अमेरिका” लगायत “ जुम मार्फत प्रसारण गरिने ग्लोबल टक सो को बिसेष कार्यक्रमहरुमा समेत व्यक्त गरेका छन् ।
आफ्नो समुहबाट उत्कृस्ट ५ मा छनौट भएको घोषणा आउन साथ थापाले आफ्ना सम्पूर्ण शुभ चिन्तक, आफन्त र सम्पूर्ण मिडियाहरु प्रिन्ट, अनलाइन र रेडियो, एफ एम लाई आफ्नो यस प्रतियोगितामा सहभागी बने देखिने प्राथमिकताका साथै प्रसारण र प्रकाशन गरेकोमा हृदयबाट धन्यवाद दिदै आउँदो दिनहरुमा पनि यसरीनै साथ र हौसला प्रदान गर्ने आशा राख्छन्।
साथै आफु टप ५ प्रथम स्थानमा रहेपनि एक सप्ताह भित्र नतिजा जे पनि जुन सक्छ त्यसैले सबैलाई निरन्तर भोट गर्न अनुरोध गरेका छन् । थापा आफ्नो समुहबाट टप ५ मा चुनिएको हो र अब यो समुहबाट एक जना मात्र क्वार्टर फाइनल राउण्डमा जान पाउने छ। यो अनलाइन भोटिंग मार्फत चुनिनी प्रतियोगिता भएकोले सबैको साथ र सहयोग पाए मात्र थापा यस प्रतियोगिताको क्वार्टर फाइनलमा प्रवेश पाउनेछन्।
अबको प्रतियोगिता अझ साँघुरिँदै गएको र प्रतियोगीहरु आफुलाई सुरक्षित पार्न निक्कै मेहनत गरिरहेको हुनाले सबैलाई यस लिंकमा भोट हालेर आफ्नो समुहको बिजेता बनाउँदै क्वार्टर फाइनलमा प्रवेश गर्ने विश्वास लिएका छन् ।

