नेपाल बैंक लिमिटेडका सुरक्षा गार्डको खुकुरी प्रहार गरी हत्या, एक पक्राउ


सप्तरी – सप्तरीमा नेपाल बैंक लिमिटेडका एक जना सुरक्षा गार्डको हत्या भएको छ । सप्तकोशी नगरपालिका १ फत्तेपुरमा रहेको नेपाल बैंक लिमिटेड शाखा कार्यालयका सुरक्षा गार्ड ५५ वर्षीय पर्शुराम फुँयालको हत्या भएको हो ।

घाँटीमा खुकुरी प्रहार गरी हत्या गरेको सीसीटीभी फुटेजमा देखिएको सप्तरीका प्रहरीले जनाएको छ। बिहान ६ बजेतिर घटनाको विषयमा प्रहरीले जानकारी पाएको थियो । सीसीटिभी फुटेजमा एकजना व्यक्ति भित्र पसेर गार्डमाथि खुकुरी प्रहार गरी हत्या गरेर बैंकमा लुटपाटको प्रयास गरेको देखिएको छ।

घटनामा संलग्न भएका आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरबाट तालिम प्राप्त कुकुरसहितको टोली बोलाएर घटनास्थलको अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया