बुटवलमा प्रतिबन्धित औषधि बेच्ने फार्मेसी सञ्चालक पक्राउ


बुटवल- बुटवलको कालिकानगर स्थित कालिका पथमा रहेको बैदवार फार्मेसीका सञ्चालक पक्राउ परेका छन् ।

चिकित्सककाे सिफारिसबिना औषधि बिक्री वितरण गर्ने गरेको र विभिन्न औषधि मिलाएर लागु औषधका रूपमा युवाहरूलाई बिक्री वितरण गर्ने गरेको पाइएपछि इलाका प्रहरी कार्यालय बुटवलले सञ्चालक कमलबहादुर विकलाई नियन्त्रणमा लिएको जनाएको छ ।

लागु औषध प्रयोगकर्ताहरूको सूचनाको आधारमा प्रहरीले मेडिकलमा छापा मारेको थियाे । प्रहरीले बिकसहित केही लागुऔषध प्रयोगकर्तालाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको छ ।

प्रतिक्रिया