बैतडी अस्पतालका सेवाहरु बन्द गर्ने चिकित्सक र स्वास्थ्यकर्मीहरुको चेतावनी


बैतडी- जिल्ला अस्पताल बैतडीमा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीहरुले आकस्मिक बाहेकका सबै सेवा बन्द गर्ने चेतावनी दिएका छन् ।

आफूहरुले काम गरेको अतिरिक्त भत्ता नपाएको भन्दै चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित भएका हुन् । अस्पतालमा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीहरुले बुधबार एक विज्ञप्ती जारी गर्दै अतिरिक्त समय र सार्वजनिक बिदाको दिन गरेको कामको अतिरिक्त भत्ता नपाएकाले आन्दोलनमा उत्रिनुपरेको जनाएका छन् ।

चालु आर्थिक बर्षमा चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले अतिरिक्त भत्ता, जोखिम भत्ता लगायतका सुविधाहरु नपाएको र बेलाबेलामा सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदा समेत कुनै सुनुवाई नभएपछि आन्दोलनमा उत्रिनुपरेको अस्पतालमा कार्यरत डा. धिरज जैसवालले बताए ।

प्रतिक्रिया