बझाङमा चट्याङ लागेर ४ जना घाइते


बझाङ- बझाङमा चट्याङ लागेर ४ जना घाइते भएका छन् ।

जिल्लाको खप्तडछान्ना गाउँपालिका-७ थाम्कामा मंगलबार साँझ ७ बजेको समयमा चट्याङ लागेर ४ जना घाइते हुनुका साथै एउटा घर जलेर नष्ट भएको र एउटा भैंसी पनि मरेको छ ।

घाइते हुनेमा खप्तडछान्ना ७ बस्ने वर्ष ४९ की बेलु देवी खड्का, सोहि ठाउँ बस्ने फिट्टु खड्काका छोरा वर्ष ८ का योगेन्द्र खड्का, लुड्की देवी खडका, दुधा रावत र ललित रावत रहेका छन् ।

उनीहरु सामान्य चोटपटक लागेको जिल्ला प्रहरी कार्लयका सुचना अधिकारी दिपेश चौधरीले जानकारी दिए ।

साथै चट्याङ लागेर आईते रावतको एउटा भैंसी मरेको छ भने एउटा घर समेत जलेर पूर्णरूपमा नष्ट भएको छ ।

प्रतिक्रिया