धनगढीबाट बैतडी गइरहेकाे जीप दुर्घटना हुँदा ७ जना घाइते


बैतडी- बैतडीमा आज (बुधवार) बिहान बोलेरो जीप दुर्घटना भएको छ । धनगढीबाट बैतडीको तल्लादेहीका लागि छुटेको सुदूरपश्चिम प्रदेश ०२००१ ज ३८५ नम्बरको जीप सतबाँझ–गोकुलेश्वर सडकखण्ड अन्तर्गत सुर्नया गाउँपालिका ३ सिदुन भन्ने स्थानमा दुर्घटनामा परेको हो ।

बिहान साढे दुईबजेतिर जीप दुर्घटना परेको र जीपमा सवार सात जना घाइते भएका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक नन्दराज जोशीले जानकारी दिए । दुर्घटनामा परी पुर्चौंडी नगरपालिका–९ तल्लादेहीका २७ वर्षीय दिपक पार्की, उनका ८ वर्षीय छोरा प्रदीप पार्की, सोही ठाउँका ४९ वर्षीय धनजीत पार्की, उनकी १५ वर्षीया छोरी रेखा पार्की र सोही ठाउँकी २२ वर्षीया कृष्णा पार्की घाइते भएका छन्।

यस्तै डिलाशैनी गाउँपालिका(४ तडीबटा बस्ने ३३ वर्षीय करबीर सार्की र ७४ वर्षीय मनोरी सार्की पनि घाइते भएका प्रहरी निरीक्षक जोशीले बताए ।

घाइतेमध्ये प्रदीप पार्की र रेखा पार्कीलाई थप उपचारका लागि धनगढी रेफर गरिएको छ भने अन्यको जिल्ला अस्पताल बैतडीमा उपचार भइरहेको छ ।

प्रतिक्रिया