मोटरसाइकल दुर्घटनामा डडेल्धुराका पूर्व वडाध्यक्षको मृत्यु


काठमाडौं- कैलालीको गोदावरी नगरपालिका-४ बुढीतोलामा बस र मोटसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

मोटसाइकल चालक डडेल्धुराको आलिताल गाउँपालिका–१ का अन्दाजी ५५ वर्षीय पूर्णबहादुर ऐरको मृत्यु भएको हो । उनी सोही वडाका पूर्व वडाध्यक्षसमेत हुन् ।

उत्तरबाट दक्षिणतर्फ गइरहेको सुदूरपश्चिम प्रदेश ०२००१ ख १२८७ नम्बरको बस र सुपप्र ०१०११ प ९४६७ नम्बरको विपरित दिशातर्फ आइरहेको मोटरसाइकल ठोक्किएका हुन् ।

उपचारका लागि धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा लगिएकोमा ऐरको त्यहिँ निधन भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

बस चालक भने फरार रहेको र उनको खोजी भइरहेको बताइएकाे छ ।

प्रतिक्रिया