जापान पठाउने भन्दै २१९ जनालाई ठगी, २ करोड ६८ लाख असुली


काठमाडौं-  जापान पठाउने भन्दै २१९ जनालाई ठगी दुई जना पक्राउ परेका छन् ।  ठगीको आरोपमा रामेछाप लिखु तामाकोशी ७ घर भई काठमाडौंको कागेश्वरी मनहरा बस्दै आएका नारायणबहादुर राई भन्ने राजन श्रेष्ठ र झापा गौरादहका पर्वराज पाण्डे भन्ने ईश्वरी पाण्डे पक्राउ  परेका हुन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार तीहरूले ती सबैबाट २ करोड ६८ लाख ठगी गरेका थिए ।  उनीहरूले नियोनी एजुकेशन कन्सल्टेन्सी सञ्चालन गरेर विभिन्न व्यक्तिलाई जापान पठाउने प्रलोभनमा ठगी गरेको प्रहरीले जनाएको छ ।

पुतलीसडकमा रहेको सोही कल्सलटेन्सीबाट अध्ययन र रोजगारीका लागि जापान पठाउने भनी उनीहरूले ४ लाखदेखि ७ लाख रुपैयाँसम्म उठाउने गरेको पाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया