

मजदुरी गर्न भारत गएका दुई नेपालीको डढेलोमा परेर मृत्यु

काठमाडाैं- भारतको उत्तराखण्डमा डढेलोमा परेर दुई जना नेपाली जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा बझाङको छबिसपाथिभेरा गाउँपालिका–६ का अन्दाजी ३० वर्षीय ज्ञानु चलाउने र सोही गाउँपालिकाका ३० वर्षीय दीपक पुजारा रहेका छन् ।
उत्तराखण्डको पात्ली बगर भन्ने ठाउँको जंगलमा सल्किएको डढेलोमा परेर उनीहरूको मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ ।
उनीहरू त्यहाँ खटो निकाल्ने मजदुरीको काम गर्दै आएका बताइएको छ ।
मजदुरी गरेर परिवार पालिरहेका उनीहरूको निधन भएपछि परिवारको बिचल्ली भएको छ ।

