आइतबार जापानकी विदेशमन्त्री नेपाल आउँदै
काठमाडौं- जापानकी विदेशमन्त्री कामिकावा योको एक दिने नेपाल भ्रमणको सिलसिलामा आइतबार काठमाडौं आउँदैछिन् ।
उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको निमन्त्रणामा उनी नेपाल आउन लागेको परराष्ट्र मन्त्रालयले शुक्रबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
परराष्ट्रका अनुसार भ्रमणका क्रममा उनले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग शिष्टाचार भेट गर्नेछिन् । विदेशमन्त्री कामिकावाले आइतबार उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री श्रेष्ठसँग भेटघाट र द्विपक्षीय वार्ता गर्ने कार्यक्रम रहेको छ ।
उनी सोही दिन स्वदेश फर्कने कार्यक्रम रहेको छ ।