नाउपाका २ मन्त्रीलाई ह्विप : मुख्यमन्त्री सोडारीलाई विश्वासको मत नदिनू


कैलाली- सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री दीर्घ बहादुर सोडारीलाई विश्वासको मत नदिन २ मन्त्रीलाई ह्विप जारी गरिएको छ ।

नागरिक उन्मुक्ति पार्टीको संसदीय दलले भौतिक पूर्वाधार विकास मन्त्री कैलाश चौधरी र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री टीका थापाको नाममा ह्विप जारी गरेको हो ।

दुवैजना अध्यक्ष रञ्जिता श्रेष्ठ पक्षका मानिन्छन् ।

प्रतिक्रिया