झाडापखालाका कारण बालकको मृत्यु, आफन्तद्वारा अस्पतालमा तोडफोड


झापा- झापामा झाडापखाला कारणएक बालकको मृत्यु भएको छ । गौरीगन्ज गाउँपालिका– ६ खजुरगाछीका रामदेव महतोका ११ वर्षीय छोरा उमेश महतोको झाडापखालाका कारण मृत्यु भएको बताइएको छ ।

महतोलाई झाडापखाला लागेपछि बिहीबार बिहान ८ बजे गौरीगन्ज अस्पताल लगिएको थियो । तर यहाँ उपचार हुन नसक्ने भएपछि दमक ल्याउँदै गर्दा बाटोमै बालकको मृत्यु भयो ।

बिरामीको मृत्यु भएपछि आफन्तले शवलाई अस्पतालमै लगेर राखेका छन् ।समयमा दमक नपठाएको र राम्रो उपचार नगरेको भन्दै आक्रोशित आफन्त र स्थानीयले गौरीगन्ज अस्पतालमा तोडफोड समेत गरेका छन् ।

 

प्रतिक्रिया