

नेपाल पराजित भएसँगै सिरिजको उपाधि वेष्ट इन्डिजलाई

काठमाडौं- वेस्टइन्डिज ‘ए’ले चौथो टी २० खेलमा घरेलु टोली नेपाललाई २८ रनले हराउँदै एक खेल अगावै सिरिज जितेको छ ।
क्रीतिपुरस्थित् त्रिवि क्रिकेट मैदानमा भएको सिरिजको चौथो खेलमा वेस्ट इन्डिज ‘ए’ले टस जितेर पहिला ब्याटिङ गर्दै नेपाललाई २ सय १० रनको लक्ष्य दिएको थियो । जवाफी ब्याटिङमा उत्रेको घरेलु टोली नेपालले १९.५ ओभरमा सम्पूर्ण गुमाउँदै १ सय ८१ रन मात्र बनाउन सक्यो ।
पहिलो खेल हारेको वेस्ट इन्डिज एले त्यसपछि लगातार तीन खेल जितेर अन्तिम खेल बाँकी रहँदै शृंखला जित्ने पक्का गरेको छ । शृंखलाअन्तर्गत अन्तिम खेल शनिबार हुने छ ।

