

भारतको पलियामा बेहोस भेटिए ३ नेपाली किशोरी, प्रहरीले गौरीफन्टा पुर्यायो

काठमाडौं- भारतको पलियामा तीनजना नेपाली किशोरी बेहोस अवस्थामा फेला परेका छन् ।
सडकमा बेहोस भेटिएका किशोरीहरूलाई भारतीय प्रहरीले गाडीमा राखेर नेपाल–भारत सीमा क्षेत्र गौरीफन्टा पुगाएकाे छ ।
भारतीय प्रहरीका अनुसार उनीहरू पलियामा लागुऔषध सेवन गरेर बेहोस भएका थिए । तीनै जना कैलालीको धनगढीका रहेको बताइएको छ ।
उनीहरूलाई सीमा क्षेत्रमा रहेको शान्ति पुनर्स्थापना गृहमा राखिएको थियो । तर उनका अभिभावकले त्यहाँबाट लगेर गएकाे नेपाल प्रहरीले बताएकाे छ ।

