नक्कली लाइसेन्स प्रकरण : सञ्चार मन्त्रालयका आइटी अधिकृत पक्राउ


काठमाडाैं- लिखित र ट्रायलविना नै फर्जी लाइसेन्स जारी प्रकरण छानबिनमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले सक्रियता बढाएको छ । उक्त प्ररकणमा थप एकजना पक्राउ परेका छन् ।

सञ्चार मन्त्रालयमा कार्यरत आइटी अधिकृत सुरजप्रकाश अर्याललाई पक्राउ गरिएको हाे । अर्याल यातायात व्यवस्था विभागमा कार्यरत रहँदा फर्जी लाइसेन्स बनाउने काममा संलग्न रहेको प्रारम्भिक अनुसन्धानले देखिएकाे छ ।

शनिबार प्रहरीले यातायात व्यवस्था विभागका पूर्व करारका कर्मचारी हरिश भट्टलाई पक्राउ गरेको थियो ।

 

प्रतिक्रिया