शोभाकरमाथि दुर्व्यवहार गर्ने एक महिला पक्राउ, अर्की आत्मसमर्पण गर्ने तयारीमा


क्यालिफोर्निया – क्यालिफोर्नियाको सान फ्रान्सिस्कोमा नेपाली उबर चालक शोभाकर खड्कामाथि दुर्ब्यबहार गर्ने महिला पक्राउ परेकी छिन् । साथमा रहेकी अर्की महिलाले प्रहरीसमक्ष आत्मसमर्पण गर्न लागेको जनाइएको छ ।

लस भेगास प्रहरीले खड्कामाथि दुर्ब्यबहार गर्ने २४ बर्षकी मलेसिया किङलाई पक्राउ गरेको हो । ती महिलामाथि आक्रमण गरेको, अरुको सामान जबर्जस्ती खोसेको र स्वास्थ्य तथा सुरक्षा नियम उल्लंघन गरेको अभियोग लगाइएको छ ।

दुर्ब्यबहारमा संलग्न अर्की महिला २४ बर्षकी अर्ना किमाई रहेको प्रहरीले जनाएको छ । किमाई पक्राउ गरिएको छैन तर उनका वकिलले उनले प्रहरी समक्ष आत्मसमर्पणको तयारी गरेको जानकारी दिएका छन् । खोक्ने, फोन खोस्ने, मास्क च्यात्ने र अपशब्द बोल्ने किमाई हुन् भने अर्को छेउमा रहेकी रातो पोशाक लगाउने मलेसिया किङ हुन् ।

उबरले नेपाली चालकमाथि भएको यो आक्रमण भयावह भएको बताउँदै दुर्ब्यबहार गर्ने यात्रुको एकाउन्ट खारेज गरिदिएको थियो । उबरले क्षतिपूर्ति वापत चालक खड्कालाई १२० डलर दिएको थियो । ती युवतीले अब लिफ्ट चढ्ने घोषणा गरेकी थिइन् । तर लगत्तै लिफ्टले पनि ती युवतीमाथि प्रतिबन्ध लगाएको थियो ।

घटना लिफ्टसँग सम्बन्धित नरहेको भएतापनि चालकमाथि भएको दुब्र्यबहार अस्वीकार भएको लिफ्टले जनाएको थियो । त्यसैकारण ती युवतीलाई लिफ्टमा स्थायीरुपमा नै प्रतिबन्ध लगाइएको लिफ्टले स्पष्ट पारेको थियो ।

ती युवतीलाई मास्क लगाउन आग्रह गर्दा उनी र उनको समुहले आइतबार नेपाली उबर चालक खड्कामाथि खोक्नुका साथै मास्क च्यात्ने, फोन खोस्ने, पिरो स्प्रे छर्कने तथा अपशब्द बोल्ने लगायतका दुब्र्यबहार गरेका थिए ।

खड्काले आफूमाथि दक्षिण एसियाली आप्रवासी भएका कारण उनीहरुले निशाना बनाएको र विभेदकारी गाली गलौज समेत गरेको स्थानीय संचारमाध्यमलाई बताएका छन् । ३२ बर्षका खड्कामाथि आइतबार दिउसो सिल्भर एभिन्यु र सान ब्रुनो एभिन्युमा दिउसो पौने १ बजे यस्तो दुब्र्यबहार भएको थियो ।

प्रतिक्रिया