काठमाडाैं महानगरले देशभरका अशक्त र गरिबलाई नि:शुल्क उपचार दिने


काठमाडाैं- काठमाडाैं  महानगरपालिकाका मेयर बालेन्द्र शाहले देशभरका अशक्त र गरिब नागरिकलाई काठमाण्डौ महानगरमार्फत नि:शुल्क उपचार हुने बताएका छन् ।

मेयर शाहले सामाजिक सञ्जाल फेसबुकमार्फत लेख्दै नेपालको जुनसुकै पालिकाको भएपनि अशक्त र गरिब नागरिक बिरामीले आफ्नो पालिकाबाट विपन्न,असहायको सिफारिस लिएर काठमाडाैं महानगर आउन अनुरोध गरेका हुन् ।

महानगरभित्रका ४३ अस्पतालमा तीन सय २३ शैया नि:शुल्क उपचारको लागि उपलब्ध रहेको उनले जानकारी दए ।

प्रतिक्रिया