

नदीले बगाएर मृत्यु

दमौली – तनहुँको शुक्लागण्डकी नगरपालिका–८ ढोरफिर्दीस्थित सेती नदीले बगाएर एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सोही वडाका ४६ वर्षीय भीमबहादुर थापा रहेको इलाका प्रहरी कार्यालय बेलचौताराले जनाएको छ ।
नुहाउने क्रममा नदीले बगाएर थापाको मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलचौताराका प्रहरी निरीक्षक जगदीश रेग्मीले जानकारी दिए ।
नदीले बगाएर बेपत्ता भएका थापालाई कपडा राखिएको ठाउँभन्दा एक किलोमिटर पर भेटिएको थियो ।
नदीमा बगेको देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए ।

