त्रिभुवन विमानस्थलबाट ५० ग्राम सुनसहित दुई युवक पक्राउ


काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित दुई युवा पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूमा शंखरापुर नगरपालिका–९ घर भएका ४२ वर्षीय जगदिश श्रेष्ठ र नवलपरासी कावासोती नगरपालिका–३ घर भएका ४३ वर्षीय राजकुमार श्रेष्ठ छन् ।

भन्सार छलेर लैजान लागेको ५० ग्राम बराबरको सुनको सिक्री २ थान, आइफोन ३ थान र विभिन्न भेपको लिक्युडसहित उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि भन्सार कार्यालय गौचरमा बुझाइएको छ ।

प्रतिक्रिया