पोखराको लेकसाइडबाट अटोमेटिक पेस्तोलसहित एक पक्राउ


कास्की – पोखराबाट अटोमेटिक पेस्तोलसहित एक जना पक्राउ परेका छन् ।

पोखराको पर्यटकीय केन्द्र लेकसाइडबाट अटोमेटिक पेस्तोलसहित पोखराको सराङकोटका नरबहादुर विकलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

उनले पोखरा महानगरपालिका—२४ मा निर्माणाधीन घरमा उक्त पेस्तोल लुकाएर राखेको भेटिएको थियो ।

लागु औषधदेखि चोरी र लुटपाटसम्म दर्जनौंपटक पक्राउ परेका विक यसअघि कात्तिक २२ गते मात्र चोरी तथा डाँका सम्बन्धी कसुरमा मुद्दा दायर भएको थियो ।

त्यस्तै लागूऔषधमा ३ पटक, चोरी तथा डाँकामा ४ पटक र अन्य सार्वजनिक र अभद्र व्यवहार सम्बन्धी कसुरमा विकले पटक–पटक मुद्दा खेपेका छन् ।

 

प्रतिक्रिया