गृहमन्त्रीको बचाउमा प्रहरी, भन्यो–सिटामोल खाएका गणेशमानले भ्रम छरे


काठमाडौं– उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेविरुद्धमा कमेन्ट गरेकै आधारमा प्रहरीले दुःख दिएको भन्दै ‘औषधी’ सेवन गरेर अस्पतालको शैय्यामा पुगेका जाजरकोटका गणेशमान सिंहको अभिव्यक्तिप्रति नेपाल प्रहरीले आपत्ति जनाएको छ ।

सिंहकले आफूले गृहमन्त्री लामिछानेका विरुद्धमा एक फेसबुक पेजमा गरेको कमेन्टकै आधारमा साइबर ब्यूरोले टर्चर दिँदा ब्यूरोकै गेटमा ‘औषधी’ सेवन गरेको भन्दै अभिव्यक्ति दिएका थिए । जुन, अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

उक्त भिडियोमा आफूले लामिछानेको विरुद्धमा अभिव्यक्ति दिएकै भरमा साइबर ब्यूरोले हजारौं प्रश्न सोधेर ६/७ वर्ष सम्म जेल हाल्ने चेतावनी दिँदै सहकारी ठगेको प्रमाण के छ ? गृहमन्त्रीलाई चिन्छस् ? जस्ता प्रश्न सोधेपछि मानसिक यातना दिएपछि बाध्य भएर ‘औषधी’ सेवन गरेको बताएका छन् ।

तर, प्रहरीले भने बिहिबार एक विज्ञप्ति जारी गर्दै उनको अभिव्यक्ति सरासर झुटो र भ्रमपूर्ण रहेको बताएको छ । प्रहरीका अनुसार ती व्यक्तिले अर्केको फेक फेसबुक एकाउन्टबाट अश्लिल सामग्री सेयर गरेकोमा उनलाई उपस्थित हुन अनुरोध गरिएकोमा उनले २ स्ट्रिप सिटामोल खाएरको बताएका थिए ।

त्यसपछि उपचारका लागि वीर अस्पताल पठाइएको र त्यहाँ पुगेका सिंहले प्रहरीमाथि आरोप लगाएर आम नागरिकमा भ्रम श्रृजना गर्ने र आफ्नो अपराधिक क्रियाकलाप उपरको अनुसन्धानमा समेत बाधा पुगाउने सामग्री पोष्ट गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया