‘गठबन्धन ओल्टेकोल्टे गरेको छ, कति दिन टिक्छ भन्ने टुङ्गो छैन’


काठमाडौं- नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले वर्तमान सत्ता गठबन्धन बारे आशङ्का व्यक्त गरेका छन् । सोमबार नरबहादुर कर्माचार्यको तेस्रो वार्षिक केन्द्रीय सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले वर्तमान गठबन्धन लामो समय जानेमा आशङ्का व्यक्त गरेका हुन् ।

‘परिस्थिति जटिल छ । छोटो समय भित्र गठबन्धन ओल्टेकोल्टे गरेको छ । यो गठबन्धन पनि कति दिन टिक्छ भन्ने टुङ्गो छैन । त्यसको सबै जवाफ त हाम्रो सम्माननीय प्रधानमन्त्रीज्यूले दिनुहुनेछ । मैले दिन सक्दिन’, उनले भने, ‘तर पनि अलिअलि भन्न सक्छु। परिस्थिति सहज छैन। हामी सहज मानिरहेका छैनौँ । सहज अवस्थामा आफूलाई अनुभूत गरिरहेका छैनौँ ।’

पछिल्लो समय सत्ता गठबन्धनमा यसअघि गरिएका सहमति कार्यान्वयन नगरिएको भन्दै नेपाल असन्तुष्ट रहेका छन् ।

प्रतिक्रिया