

१ महिनादेखि मलद्वारमा अड्किएको बोतल निकालियो

गोरखा- गोरखा नगरपालिका–३, नारेश्वरका ५७ वर्षीय एक पुरुषको मलद्वारमा अड्किएको बोत्तल एक महिनापछि निकालिएको छ ।
आइतबार गोरखा अस्पतालका सर्जन डा. जीतेन्द्र सिंह र विश्वराज खड्का र एनेस्थेसिया डा. शम्भु अधिकारीको टिमले उनको सफल शल्यक्रिया गरेका हुन् ।
अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. सिद्धार्थ खनालका अनुसार एक महिनाअघि देखि किटनाशक औषधीको मेटलको बोत्तल उनकाे मलद्वारमा अड्किएको थियाे । करिब ३ घण्टाको अप्रेशन पश्चात बोत्तल निकालिएको छ । ती पुरुषको मलद्वारबाट १० सेन्टिमिटर लामो र ७.५ सेन्टिमिटर चौडाइको बोत्तल निकालिएको डा खनालले जानकारी दिए ।
बोत्तल कसरी उनको मलद्वारभित्र कसरी अड्कियो भन्ने विषयमा जानकारी लिइरहेको अस्पतालले जनाएको छ ।

