नेकपाको वैधानिकता समाप्त भयो, आगामी निर्वाचनको पहिलो शक्ति कांग्रेस : गगन थापा


बागलुङ – कांग्रेस नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा आलीले मुलुकलाई एकलौटी राज्यसत्ता बनाउने दुष्प्रयास गरेको आरोप लगाएका छन् ।

नेपाल शिक्षक संघ बागलुङको २० औं र २१ औं प्रतिनिधिसभा उद्घाटन गर्दै थापाले प्रधानमन्त्रीले एकलौटी राज्यसत्ता बनाउने दुष्प्रयास गरेको बताउँदै नेपाललाई ओलीकरणको बाटोमा हिँडाएको आरोप लगाए ।

प्रहरी, प्रशासन, अदालत, मानवअधिकार, संवैधानिक निकाय र प्रेसलाई समेत धम्क्याएर सत्ताकब्जा गर्ने ओलीको रणनीतिले देशलाई दुर्घटनामा लैजाने खतरा भएको उनले बताए ।

कांग्रेस नेतृत्वमा सरकार बन्ने अवस्था आएमा जान सकिने उनले संकेत गरे । ‘कांग्रेसले नेतृत्व गर्न पाएमा केपी सरकारले पारेका भ्वाङ टाल्छ’ थापाले भने, । सोही प्रसंगमा नेता थापाले आगामी निर्वाचनमा पहिलो शक्ति बनेर देशको समृद्धिका लागि काम गरेर देखाउँने बताए ।

गत निर्वाचनमा दुई पार्टी एक बनाएर नेकपामार्फत सरकार चलाउँछौं, देशमा विकास र समृद्धि ल्याउँछौं भन्ने नेकपाको वैधानिकता समाप्त भएको उनले टिप्पणी गरे ।

 

 

प्रतिक्रिया