

प्रचण्ड-ओलीको तानातानमा जसपा : प्रचण्डलाई पर्खाउँदै ओलीसँग छलफल

काठमाडौं – भावी सत्ता समीकरण सम्बन्धमा संसदमा रहेका दलहरुबीचमा औपचारिक र अनौपचारिक छलफल सुरु भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली निकट नेताहरुले जनता समाजवादी पार्टीका नेताहरुसँग वार्ता गरिरहेका छन् । सत्ता समीकरणकै सम्बन्धमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र जनता समाजवादी दलका नेताहरुसँग पहलो छलफल सकेका छन् ।
त्यसैगरी आज प्रधानमन्त्री केपी ओली र जसपाका प्रमुख नेताहरुका बीच सरकारमा साझेदारीबै विषयमा प्रधानमन्त्री निवास बालुटारमा छलफल हुँदैछ । छलफलका लागि जसपाका नेताहरु बालुवाटार जाँदैछन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार छलफलका लागि जसपाका प्रमुख पाँच नेताहरुलाई बालुवाटार बोलाइएको छ।
डा. बाबुराम भट्टराई , उपेन्द्र यादव ओली, महन्थ ठाकुर र राजेन्द्र महतो र अशोक राई बालुवाटार जाँदैछन्। राजपाका दुवै पक्षसँगको सामूहिक छलफल भएकोले यसलाई अर्थपूर्ण रुपमा लिइएको छ। हालका राजनितिक परिवेश हेर्दा ओली नेतृत्वसँगै सत्ता साझेदारी हुने संभावना बढेको देखिन्छ। यसबारेमा निर्णय लिन राजपाले शुक्रबार संसदीय दलको बैठक बोलाएको छ।

