

बिहीबार ९७ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं – बिहीबार देशभर ९७ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
४ हजार ४८४ जनाको नमुना परीक्षण गर्दा ९७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७५ हजार ७० पुगेको छ । उनीहरुमध्ये ३ हजार १२ जनाको मृत्यु भएको छ । गत २४ घण्टामा कोरोना संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन ।
यस्तै थप ६६ जनासहित हालसम्म २ लाख ७१ हजार ११६ जना कोरोना संक्रमणमुक्त भएका छन् । हाल देशभर सक्रिय संक्रमितको संख्या ९४२ रहेको मन्त्रालयले जनाएको छ ।

