कांग्रेस, एमाले र माओवादी पार्टी कार्यालयको बिजुली काटियो


बैतडी- बैतडीमा बिजुलीको बिल नर्तिने पार्टी कार्यालयको लाइन काटिएको छ । ६ वर्षदेखि विद्युत् महसुल नतिरेपछि तीन वटा मुख्य राजनीतिक पार्टीको कार्यालयमा जडान गरिएको बत्तीको लाइन काटिएको हो ।

नेपाल विद्युत प्राधिकरण विद्युत् वितरण केन्द्र बैतडीले नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) पार्टी कार्यालयको लाइन काटेको हो । नियमअनुसार तीन महिनाभित्र विद्युत् महसुल बुझाउनुपर्ने भएपनि राजनीतिक पार्टीले ६ वर्षसम्म बिजुली बालेर महसुल नतिरेपछि बाध्य भएर लाइन काटिएको विद्युत् वितरण केन्द्र बैतडीका प्रमुख जनार्दन पौडेलले जानकारी दिए ।

उनका अनुसार कांग्रेसले ४१ हजार, एमालेले १८ हजार र माओवादी केन्दले ४७ हजार विद्युत् महसुल तिर्नु बाँकी छ । विद्युत् वितरण केन्द्रले महसुल नतिर्ने राजनीतिक दलसहित १२२ वटा सरकारी कार्यालयको लाइन काट्ने सूची तयार परेको छ ।

महसुल नतिर्ने ती सरकारी कार्यालयबाट १७ लाख ५१ हजार ९१९ रुपियाँ र अन्य ग्राहकबाट ६५ लाख ९९ हजार ३२२ रुपियाँ गरी एक करोड रुपियाँ महसुल उठाउन बाँकी रहेको नेपाल विद्युत प्राधिकरण विद्युत् वितरण केन्द्र बैतडीले जनाएको छ ।

प्रतिक्रिया