सांसद खानले लिइन् प्रतिनिधि सभा सदस्यको शपथ


काठमाडौं- जनता समाजवादी पार्टी नेपाल (जसपा)बाट समानुपातिक सांसद बनेकी हसिना खानले प्रतिनिधि सभा सदस्यको पद तथा गोपनीयताको शपथ लिएकी छन् ।

शुक्रबार सिंहदरबारमा खानलाई सभामुख देवराज घिमिरेले शपथ गराएका हुन् ।

सांसद मञ्जु शर्मा अन्सारीको निधन भएपछि जसपाले रिक्त स्थानमा २७ वर्षीया खानको नाम सिफारिस गरेको थियो ।

प्रतिक्रिया