सविताले ६० लाख हालेर किनेको सुन नक्कली परेपछि…


काठमाडौं- नक्कली सुनलाई सक्कली भन्दै ६० लाखमा बेचेको आरोपमा प्रहरीले सोमबार एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतको सिलुगुढीका ५४ वर्षीय शेरबहादुर गिरी छन् । उनलाई जिल्ला प्रहरी कार्यालय झापाको टोलीले पक्राउ गरेको हो ।

गिरीले आफूसँग १ किलो काँचो सुन रहेको भन्दै झापाको बुद्धशान्ति गाउँपालिका-२ कि ४५ वर्षीया सविता सिटौलालाई ६० लाखमा बिक्री गरेको पाइएको प्रहरीले जनाएकाे छ ।

सिटौलाले सुन नक्कली परेपछि प्रहरीमा जाहेरी दिएकी थिइन् ।

प्रतिक्रिया