

नेता-कार्यकर्तालाई गगनले भने- २०८१ सालभरि सिंहदरबारतिर फर्केर नहेरौँ

कैलाली- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपाली कांग्रेसले आगामी एक वर्षसम्म सरकारमा जान नहुने बताएका छन् । समुदायमा कांग्रेस अभियान अन्तर्गत धनगढीमा बाेल्दै उनले त्यस्तो बताएका हुन् ।
‘२०८१ साल भरि सिंहदरबारतिर फर्केर नहेरौँ । बालुवाटार तिर पनि फर्केर नहेरौँ’ उनले भने । थापाले आगामी निर्वाचनमा कांग्रेसले कसैसँग पनि तालमेल नगर्ने र एमालेले पनि गर्न नहुने बताए । ‘चुनाव अगाडिको गठबन्धन असफल भयो । अब नेपाली कांग्रेसले त गर्दै गर्दैन । अब नेकपा एमालेले पनि गर्दैन । अब निर्वाचन प्रणाली बदल्नु पर्छ त्यसको लागि कांग्रेस र एमाले मिल्नु पर्छ उनले भने ।

