मलेसियामा सेक्युरिटी गार्डको काम गरिरहेका नेपाली, आफ्नो बारेमा थाहा छैन केहीपनि


काठमाडौं– एक नेपाली मलेसियामा अलपत्र अवस्थामा फेला परेका छन् । प्रवासी नेपाली समन्वय समिति (पीएनसीसी)संयोजक पूर्ण सुब्बाले उनलाई ६ महिनाअघि बिहान ४ बजे बजे सडकमा बसिरहेको अवस्थामा फेला पारेका थिए ।

सुब्बाले सोध्दा ती नेपालीले आफ्नो परिचय दिन र मलेसिया आएको समय बाउन सकेनन् । उनले नेपालको ठेगाना पिप्ले भएको मात्रै बताएका थिए ।

अहिले ती नेपाली मलेसियाको स्पाई रस सेक्युरिटीमा सेक्युरिटी गार्डको काम गर्दैछन् । उनी त्यही काम गर्ने नेपालीहरुको रेखदेखमा छन् ।

स्वास्थ्य स्थिति गम्भीर भएका कारण उनलाई चिन्ने वा उनको बारेमा कुनै पनि जानकारी भए   ९८५१११३२२१(कुलप्रसाद कार्की-नेपाल) र + ६० १८३५० ७७३० (पूर्ण सुब्बा-मलेसिया) मा सम्पर्क गर्न आग्रह गरिएको छ ।

प्रतिक्रिया