९० वर्षीय सिंहको नेतृत्वमा मसाल


काठमाडौं – नेकपा मसालले मोहनविक्रम सिंहलाई पुनः महामन्त्रीमा निर्वाचित गरेको छ ।

काठमाडौंमा बिहीबार सकिएको पार्टीको महाधिवेशनबाट ९० वर्षीय सिंहलाई सातौंपटक पार्टीको नेतृत्वमा पठाएको हो ।

लामो समय भूमिगत रहेका सिंह केही वर्षयता सार्वजनिक भएपनि कार्यक्रम भने आन्तरिक हिसाबले गोप्यरूपमै गर्ने गरिएको छ । काठमाडौंको कपन भंगालास्थित एक पार्टी प्यालेसमा गरिएको भलाले सिहंलाई पुनः महामन्त्रीमा निर्वाचित गरेको हो ।

मसालमा एकछत्र पकड जमाएका सिंह झण्डै ५ दशकदेखि निरन्तर पार्टी नेतृत्वमा रहेका छन् ।

प्रतिक्रिया