पूर्वराजा शाहले दिए नयाँ सालको शुभकामना


काठमाडौं – पूर्वराजा ज्ञानेन्द्र वीर विक्रम शाहले नयाँ नेपाली वर्षको शुभकामना दिएका छन्।

एक सन्देश जारी गर्दै उनले २०८१ सालको शुभकामना दिएका  हुन् । शुभकामनासँगै उनले नेपाल र नेपालीको वर्तमान व्यवस्था र अवस्थाबारे पनि चिन्ता जनाएका छन्। नेपाली जनता युवाहरुको अवस्था बिग्रेदै गएकोमा उनको चिन्ता छ।

त्यस्तै उनले कसैलाई निषेध नगरी राष्ट्रिय चिन्ता र चासोबारे पुनर्विचार गर्नसमेत सुझाएका छन्।

प्रतिक्रिया