

लुम्बिनीका मुख्यमन्त्री महराले पाए विश्वासको मत

काठमाडौं- लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले प्रदेश सभाबाट विश्वासको मत पाएका छन् । महराले आफूमाथि प्रदेश सभाको विश्वास छ भनि पेश परेको प्रस्तावको पक्षमा ४८ मत परेको थियो । विश्वासको मतको विपक्षमा २८ मत परेको छ ।
८६ सदस्यीय प्रदेश सभामा नेपाली कांग्रेसले विश्वासको मतको विपक्षमा मतदान गरेको थियो । त्यस्तै, ३ सिट रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी तटस्थ बसेको छ भने ३ सिट नै रहेको लोकतान्त्रिक समाजवादी पार्टीका सांसद् अनुपस्थित थिए ।
महरा गत चैत २३ गते लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

