

ओखलढुङ्गामा चट्याङ लागेर एक जनाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको खिजीदेम्बा गाउँपालिकामा चट्याङ लागेर ३८ वर्षीय एक पुरुषको ज्यान गएको छ ।
बिहीबार साँझ वर्षासँगै परेको चट्याङले लागी खिजीदेम्बा–४ लोसाका बमनबहादुर तामाङको ज्यान गएको हो ।
तामाङ घरमा बसिरहेको अवस्थामा अचानक चट्याङ लागेर ढली बेहास भएका थिए ।
तामाङको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यलय ओखलढुङ्गाका सूचना अधिकारी बालिष्टार सिंहले बताए ।

