राष्ट्रिय सभा सांसद बन्दै पूर्व राजदूत अञ्जान शाक्य


काठमाडौं– सरकारले अञ्जान शाक्यलाई राष्ट्रियसभा सांसद बनाउने भएको छ ।

शुक्रबार बसेको मन्त्रीपरिषद्को बैठकले शाक्यलाई राष्ट्रपतिबाट मनोनीत गरी राष्ट्रिय सभा सांसद बनाउने निर्णय गरेको बताइएको छ । उनलाई सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनीत गर्ने छन् ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले शाक्यलाई राष्ट्रियसभा सदस्यमा नियुक्त गर्न सिफारिस गर्ने निर्णय गरेको हो । उनी नेकपा एमालेको कोटाबाट सिफारिस भएकी हुन् ।

गायिका समेत रहेकी उनी यसअघि इजरायलका लागि नेपाली राजदूत बनिसकेकी छिन् ।

प्रतिक्रिया