बल्खुमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु


काठमाडौं- काठमाडौँ महानगरपालिका–१४ बल्खुमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कीर्तिपुर नगरपालिका– ३ बस्ने ५२ वर्षीय सानु वाहक हुन् । बा.प्र ०१–००६ ख ५७७८ नम्बरको बसले बा.९६ प ६०१३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

दुर्घटनामा घाइते भएका उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको थियो । बस चालकलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रतिक्रिया