प्रदेश लोकसेवा आयोगले माग्यो ७९ अनमी र ७४ अहेब


काठमाडौं- लुम्बिनी प्रदेश लोकसेवा आयोगले स्वास्थ्यमा सहायक चौथो तहका प्राविधिक पदहरुको विज्ञापन गरेको छ । प्रदेशको स्थानीय तह अन्तर्गतका स्वास्थ्य संस्थाका लागि खुला तथा समावेशी पदमा विज्ञापन गरिएको हो।

अनीमीमा ४१ खुला, आदिवासी जनजाति १२, मधेशी ६, दलित ६ माग गरिएको छ । यसैगरी अहेबमा खुला ४१, महिला १२, आदिवासी जनजाति ११, मधेशी ६, दलित ४ जना माग गरिएको छ ।

यसैगरी वैद्य ५ जना र ल्याब असिस्टेन्ट १ जना माग गरिएको छ ।

प्रतिक्रिया