

ढोकामा विस्फोटक पदार्थ राखेर बोधिचित्तको रूख काटिदिए

काभ्रे – काभ्रेमा अज्ञात समुहले बुद्धचित्तको बोट फडानी गरेका र स्थानीयको घरको ढोकामा बम राखिदिएको खुलेको छ ।
जिल्लाको रोशी गाउँपालिका-५ नागवेली कोल्दोङमा ठगुरानी लामाको घरमा बम राखी बुद्धचित्त मालाको बोट फाडिएको हो ।
बिहीबार राती अपरिचित समुह आइ स्थानीयको तीन घरमा बम राखी बुद्धचित्त मालाको रुख काटेको बताइएको छ ।
हरेक वर्ष करोडौंमा बिक्री गर्दै आएको मालाको रुख अपरिचित समूह आइ काटेर फरार भएका छन्।
मुल मालाको पुरानो बोट काटेर तीन घरको आगनमा ४ वटा सकेट बम राखिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।
अहिले घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाको टोलीले अनुसन्धान गरिरहेका छन् । नेपाली सेनाले बम डिस्पोज गर्ने तयारी गरेको बताइएको छ ।

