‘आइफोनमा जासुसी भइरहेको छ’


क्यार्लिफोनिया- एप्पलले आफ्ना आइफोन मोबाइलमा जासुसी भइरहेको जनाएको छ ।

कथित पेगासस जस्तो स्पाइवेयरले एप्पलको आइफोन माथि जासुसी गरेको भन्दै अलर्टको चेतावनी दिएको हो ।

विश्वका ९१ देशका आइफोन  प्रयोगकर्ताहरूलाई फेरि एकपटक चेतावनी दिँदै   पेगासस आक्रमण जारी रहेको जनाएको हो । ​

एप्पले मेसेज पठाए लगत्तै हंगामा मच्चियो तर पछि कम्पनीले यसलाई कुनै राज्यले प्रायोजित गरेको भन्दै अस्वीकार गरेको थियो ।

गत बुधबार रातिको घटनाको बारेमा कुरा गर्दा प्रयोगकर्ताहरूले कुनै सन्देश प्राप्त नगरेको जनाएका छन् । तर, उनीहरूको दर्ता गरिएको इमेलमा यो कथित जासुसी सफ्टवेयरको बारेमा जानकारी गराइएको छ।

प्रतिक्रिया