

युथ क्लबसँग पुल्चोक २-१ गोल अन्तरले पराजित

काठमाडौं – स्पोर्ट्स क्लब सहिद स्मारक सी डिभिजन लिगमा पुल्चोक युथ क्लबसँग २-१ गोल अन्तरले पराजित भएको छ ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा जारी बी डिभिजन लिगको आफ्नो अन्तिम खेलमा नयाँबस्ती युथ क्लबसँग २-१ गोल अन्तरले पराजित भएपछि पुल्चोक सी डिभिजनमा घटुवा भएको हो ।
नयाँबस्तीलाई जित दिलाउन अशोक तामाङ र विवेक गुरुङले एक एक गोल गरे । पुल्चोकका शिरब लो तामाङले एक गोल फर्काए ।

