भारत र न्युजिल्याण्डबीचको फाइनल साउथह्याम्पटनमा गर्ने आईसीसीको निणर्य


एजेन्सी – अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) विश्व टेस्ट च्याम्पियनसिप क्रिकेटको फाइनल खेल इंग्ल्यान्डको साउथह्याम्पटनमा हुने भएको छ ।

आईसीसीले बुधबार टेस्ट च्याम्पियनसिपको फाइनल साउथह्याम्पटनको रोस बल मैदानमा गर्ने निर्णय गरेको हो । टेस्ट च्याम्पियनसिपको फाइनलमा न्युजिल्याण्ड र भारत भिड्ने छन् ।

फाइनल टेस्ट आगामी जुन १८ देखि २२ सम्म हुने तालिका रहेको छ । कोरोनालाई मध्यनजर गर्दै दुबै टिमलाई बायो सेक्युर बबल्सभित्र राखिने छ । यस अघि फाइनल खेल लर्ड्स मैदानमा हुने बताईएको थियो ।

प्रतिक्रिया